arrow

एकता समितिको बैठक बोलाउन ओली- प्रचण्ड सहमत

एमाले स्थायी कमिटीको बैठक आजै बोलाइयो

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
oli-prachanda-ishwor.jpg

काठमाडौँ । पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् ।  

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि बुधवार ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ