रौतहट । नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले मङ्गलबार देबराज कार्की लाई जिम्मेबारी दिएको छ । केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्री कुन्दराज काफले द्धारा हस्ताक्षरित पत्रमा नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी कार्की लाई दिइएको हो ।
हस्ताक्षरित पत्रमा संघको बिधान ०२७ को छैठो संसोधन ०७३ बमोजिम जिल्लाको अधिबेशन सम्पन्न गर्ने गरी जिम्मा दिएको छ । संगठनको मुल्य, मान्यता, आर्दश लाई ध्यानमा राखी कार्की लाई संगठनको बिस्तारमा लाग्न भनिएको छ। अध्यक्षको जिम्मेबारी पाएपछि कार्कीले संचार माध्यम सङ्ग कुरा गर्दै भने बिधान अनुरुप आफुलाई केन्द्रिय समितिले अध्यक्षको जिम्मेबारी दिएकाले आफु सघको नीति,नीयम अनुरुप संघलाई क्रियाशिल बनाउने छु ।
जिल्लाको शैक्षिक बिकृतीको अन्त्य गर्ने प्रतिबद्धता गर्दछु शिक्षा बाट बन्चित रहेका बालबालिका लाई बिधालय ल्याउन पहल गर्ने छु । अबको केहि दिनमै जिल्ला कार्यसमितिलाई पुर्णता दिनेछु । नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले रौतहटको अध्यक्षमा कार्कीलाई जिम्मेबारी दिएको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटलाई दिएको छ ।