arrow

मेस्सी र टिमलाई रुसका सुन्दरीहरु आकर्षित गर्ने तरिका सिकाईंदै !

अर्जेन्टिना फुटबल सँघ बिवादमा

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
Messi_russian_girl.jpg

एजेन्सी। विश्वकप फुटबल २०१८ भन्दा अगाडी सबै टोलीहरु आफ्ना खेलाडीहरुलाई उत्साहित बनाउन लागि परेका छन्। त्यसैक्रममा अर्जेन्टिना फुटबलले खेलाडीहरुलाई रुसका सुन्दरीहरुलाई कसरि आकर्षित गर्न सकिन्छ भनेर कक्षा लिएको छ। 

लियोन मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाका खेलाडीहरुलाई रुस विश्वकपमा कसरि महिलाहरुलाई आकर्षित गर्न सकिन्छ भनेर पुस्तिका नै निकालिएको छ। उक्त पुस्तिका सामाजिक संजालमा आएपछि अर्जेन्टिनी फुटबल संघ बिवादमा तानिएको छ।

उक्त बिवाद पछि अर्जेन्टिना फुटबलसँघले माफी मागेको छ। उक्त पुस्तिकामा रुसको संस्कृतीबारे लेख्ने क्रममा महिलालाई आकर्षण गर्ने अध्याय पनि हालिएको थियो। 

रुसी भाषाका बिज्ञ र अर्जेन्टिना फुटबल सँघले निकालेको उक्त पुस्तिकामा 'महिला आकर्षण' सम्बन्धि अध्याय पनि राखिएको छ। 

उक्त अध्यायमा ' रुसका महिलाहरु सफा, बास्नादार र राम्रो पहिरन भएका पुरुषहरु प्रति आकर्षित हुन्छन्। पहिलो नजरमा आकर्षित हुने हुनाले त्यसमा ध्यान दिनपर्छ '। उक्त पुस्तिकामा खेलाडी, कोच लगायतका कर्मारीहरुलाई सुझाईएको छ। 

यौन सम्बन्धि बेतुकका प्रश्नहरु नसोध्न पनि सुझाईएको छ। रसियनहरु यौनलाई एकदम ब्यक्तिगत कुरा मान्दछन र सार्वजनीक रुपमा कुरा गर्न रुचाउँदैनन् भनेर सुझाव दिईएको छ। 

कुनै एक महिलासँग कुरा नमिल्ने बित्तिक्कै अर्को महिलालाई आकर्षित गर्न पनि उक्त पुस्तिकामा सुझाईएको सार्वजनिक भएको छ। 

महिला र यौनका धेरै कुराहरु राखिएको उक्त अध्याय बिवादमा आएपछि अर्जेन्टिना फुटबल सँघले माफी माग्दै 'हामीले उक्त पुस्तिका पुरै नहेरी प्रमाणीत गरेकोले दुख ब्यक्त गर्दछौं' भनेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ