arrow

भाजपा नेता आजादको ट्वीट प्रति तराइकै क्याम्पसका नेताहरुको आपत्ति

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
aazad.png

सर्लाही । भारतीय जनता पार्टीका निलम्बित सांसद कीर्ति आजादले प्रदेश २ को अस्थायी राजधानी जनकपुरबारे गरेको विवादास्पद ट्वीटविरुद्ध नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सर्लाहीले निन्दा गरेको छ ।

नेविसंघ क्याम्पस ईकाई समितिका सभापति सुमितराज काफ्लेले बुधवार प्रेस विज्ञप्ती प्रकाशित गर्दै दुई देशबीच सदियौँ देखिको सुमधुर सम्वन्धमा आजादको अभिव्यक्तिले खलल पुर्‍याएको उल्लेख गरिएको छ । यस्तै प्रेस विज्ञप्तीमा प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री समक्ष संविधान प्रतिको असन्तुष्टि लगायतका आन्तरिक विषय उठान गरेको प्रति पनि विज्ञप्तीमा आपत्ति जनाइएको छ ।

 नेविसंघले नेपालको राष्ट्रिय अस्मिता जोगाउन सदैव प्रतिवद्ध रहेको जनाएको छ । आजादले जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्छ भनी ट्वीट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ