arrow

आयो रुस विश्वकप –२०१८, यस्तो छ विश्वकप फुटबलको इतिहास 

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
world-cup-football.png

काठमाडौं । जुन १४ बाट रुसमा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल सुरु हुँदैछ । यो विश्वकपको इतिहासमा हुन गइरहेको २१ औं विश्वकप फुटबल प्रतियोगिता हो । विश्वकप फुटबल सन् १९३० मा सुरु भएको थियो । 

यसलाई त्यतिबेला फिफाका अध्यक्ष जुलेस रिम्याटको नामबाट यो प्रतियोगिता आयोजना सुरु गरिएको थियो । रिम्याट फिफाका पहिलो अध्यक्ष पनि हुन् । यद्यपि यसअघि नै पहिलो आधिकारिक खेल भने सन् १८७२ मा नै इंगल्याण्ड, स्कटल्याड र ग्लासगोको बीचमा भएको थियो । 

सन् १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपको उपाधि घरेलु टोलीले अर्जेन्टिनालाई हराउँदै जितेको थियो । यो प्रतियोगितामा १३ मुलुकहरुले सहभागिता जनाएका थिए । त्यसको चार वर्षपछि १९३४ मा दोस्रो विश्वकप इटालीले आयोजना गरेको थियो र यसमा पहिलोपटक छनोट हुनुपर्ने प्रावधान राखिएको थियो । यो प्रतियोगिताको लागि १६ टोली छनोट भएका थिए र यो प्रतियोगिता इटालीले नै जितेको थियो ।

 
१९३८ मा भएको तेस्रो विश्वकपमा १५ टोलीहरुले सहभागिता जनाएका थिए र यो प्रतियोगिता फ्रान्सले आयोजना गरेको थियो । यो विश्वकपको उपाधि पनि इटालीले हात पारेको थियो । यो विश्वकपपछि भने दोस्रो विश्वयुद्धको कारण  दुईपटकको विश्वकप रोकिएको थियो । सन् १९५० मा ब्राजिललले चौथो विश्वकपको आयोजना गरेको थियो । यो विश्वकपमा उरुग्वे विजयी भएको थियो ।


सन् १९५४ मा स्विट्जरल्याण्डमा आयोजना भएको विश्वकप प्रतियोगिता टेलिभिजनबाट प्रशारण गरिएको पहिलो प्रतियोगिता हो । सन् १९७० मा मेक्सिकोमा विश्वकप प्रतियोगिता आयोजना भएको थियो । यो प्रतियोगिताको उपाधि ब्राजिलले जितेको थियो । तीनपटक विश्वकपको उपाधि जितिसकेको कारण उसको उपलब्धिको सम्मान गर्दै उसलाई जुलियट रोमिट ट्रफी स्थायीरुपमा प्रदान गरिएको थियो ।


सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजना गरिएको विश्वकप प्रतियोगितामा नयाँ ट्रफी बनाइएको थियो । जसलाई विश्वकप ट्रफी भनिन्छ र अहिले पनि विजेतालाई सो ट्रफी दिइने गरिएको छ । यो ट्रफी भने स्थायीरुपमा कसैले पनि राख्न पाउँदैन ।  त्यसपछि नियमितरुपमा चार÷चार वर्षको अन्तरालमा हुँदै आएको यो प्रतियोगितालाई सन् १९८२ मा विस्तार गरिएको थियो । यो विश्वकपमा २४ टोलीहरुले सहभागिता जनाएका थिए । यो प्रतियोगिता स्पेनले आयोजना गरेको थियो । 


सन् १९९८ मा विश्वकपलाई फिफाले थप विस्तारित बनाउन निर्णय ग¥यो र यो विश्वकपबाट ३२ टोलीहरुले विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । सन् २००२ मा पहिलोपटक एसियामा विश्वकप फुटबल आयोजना भएको थियो भने सन् २०१० मा अफ्रिकामा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको थियो । यससँगै छ वटै महादेशमा यो प्रतियोगिता सञ्चालन भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ