arrow

पत्रकारमाथि कालिका कन्स्ट्रक्सनका कर्मचारीले गरेको दुर्व्यवहार प्रति महासंघको आपत्ति

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । राष्ट्रिय समाचार समितिका उप–समाचारदाता पूर्णप्रसाद मिश्रमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ । बिहिवार महासंघले विज्ञप्ति जारि गर्दै ध्यानाकर्षण जनाएको हो ।

बिहिवार दिउँसो करिब २ बजेर १५ मिनेटमा गोठाटारस्थित बागमती पुल नजिकै भइरहेको बागमती सौन्दर्यीकरणको फोटो खिच्ने क्रममा निर्माण कार्यको फोटो खिच्ने अनुमति कसले दियो भन्दै पत्रकार मिश्रमाथि दुव्र्यवहार गरिएको थियो ।

आफूलाई कालिका कन्स्ट्रक्सनको मान्छे भन्दै पाँच-सातजनाको संख्यामा रहेको उक्त समूहले उनको परिचयपत्र केहीबेर नियन्त्रणमा लिनुका साथै पत्रकार मिश्रको फोटो खिचेर छोडेका थिए ।

महासंघले जनतालाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारलाई पेशागत दुरुत्साहन गर्नु प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण भएको उल्लेख गरेको छ । कार्यवहाक महासचिव प्रकाश थापाद्धारा प्रेसित बिज्ञप्तिमा   'घटनाको सत्यतथ्य छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग महासंघ माग गर्दछ ।' भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ