arrow

सिद्धबाबा सडक खण्ड २ घण्टा अवरुद्ध

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ ३ बिहिबार
siddhababa.jpg

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो हटाउनको लागि बिहिवार दिउँसो २ घण्टा सडक बन्द गरिएको छ । पहिरो पन्छाउनका लागि दिउँसो २ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिएको हो ।

तिनाउँ गाउँपालिका वडा नं. २ दोभान सिद्धबाबा क्षेत्रको हेडबक्स नजिकै खसेको पहिरो पन्छाउन सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मंगलबार खसेको पहिरोले सडक अवरुद्ध भएपछि एकतर्फी मात्र सडक खुलाएको छ । पहिरोले सडक साँधुरो बनाएको र जुनसुकै समयमा पुन: पहिरो झरी सडक अवरुद्ध हुने भएकाले पहिरो हटाउन सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकृत एवं इन्जिनियर पवित्रमणी आचार्यले जानकारी दिए ।

 सोही स्थानमा गतवर्ष दसैंको समयमा पहिरो जाँदा तानसेन बुटवल सडक एकहप्तासम्म अवरुद्ध भएको थियो । निर्वाचनको समयमा पार्टीका उम्मेदवारले सिद्धबाबा क्षेत्रलाई प्राथमिकतालाई जोड दिने भनिए पनि कुनै पक्षबाट ठोस काम हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ