arrow

स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुन सम्भाब्यता अध्ययन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ ३ बिहिबार
panchtar.png

पाँचथर । पाँचथर फिदिम नगरपालिका ८ स्थित रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुन सम्भाब्यता अध्ययन गरिएको छ । नागरिक उड्यन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सिको टोलीले हवाई मैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो ।

इन्जिनियर ओजश्वीबाबु मल्लको ३ सदस्य टोलीले १२ सय मिटर लम्बाई र २ सय ८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाई मैदान समिती सदस्य सूर्य अधिकारीले बताए । यसअघि त्यस स्थानमा २०६७ सालमा पनि हवाई मैदानको सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसबेला १८ सिटे जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिने गरी अध्ययन गरिएको थियो ।

तर अहिले ५० सिटे जहाजलाई अवतरण गर्न र उडान भर्र्न सकिने गरिएको हवाई मैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको उनले बताए । अध्ययनको प्रतिवेदन पाँच महिना भित्रमा नागरिक उड्डयन प्राधिकरणमा बुझाइने र त्यसपछि हवाई मैदानको समग्र अध्ययन गरिने इञ्जिनियर मल्लले बताउनुभयो । अध्ययनको क्रममा सबै हिसाबले स्याउडाँडा हवाई मैदान बनाउन उपयुक्त देखिएको टोलीले जनाएको छ ।

सर्बे पश्चात स्याउडाँडा उपयुक्त स्थान ठहरिपछि हवाई मैदान निर्माणको लागि स्थानीयले एक सय रोपनी जग्गा निःशुल्क र बाँकी प्रति रोपनी दश हजार रुपैयाँको दरले हवाई मैदानका लागि दिन मञ्जुर भएका थिए । तर सम्भाव्यता अध्ययन भएको लामो समय बित्दा पनि हवाई मैदान निर्माणको काम अघि नबढ्दा स्थानीय निराश भएका थिए ।

अहिले प्राधिकरणले पुनः सर्बे गरेपछि स्थानीयमा खुशी फर्किएको छ । रनवेसहित आवश्यक सम्पूर्ण संरचना तयार गर्न दुईदेखि तीन अर्बसम्म खर्च लाग्ने अध्ययन टोलीका इञ्जिनियर मल्लले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ