arrow

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहने

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
Communist-Party-of-Nepal.png.png

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ ।  पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

 धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा बिहिवार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ