arrow

एकतामा प्रचण्डको गला अवरुद्ध मात्र भयो पुष्पलाल भएको भए यहि छमछमी नाच्नु हुन्थियो : ओली

टेम्पो चलाए जस्तो होइन जेटमा हुन्छ दुईटा पाइलट

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
oli-ekata.JPG

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीकका अध्यक्ष केपी शर्मा ओलीले  ठोलो पार्टी चलाउन दुई अध्यक्षको आवश्यक्ता रहेको बताएका छन् । नेकपाको एकता घोषणा समारोहका बारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ठुलो पार्टी चलाउनु टेम्पो चलाए जस्तो होइन जेटमा दुईटा पाइलट हुने बताए ।  

 उनले पुष्पलाललाई सम्झदै  'एकतामा प्रचण्डको गला अवरुद्ध मात्र भयो पुष्पलाल भएको भए यहि छमछमि नाच्नु हुन्थियो' भने ।

अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया शुरु गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ