arrow

डेढसयले सगरमाथा आरोहण गरे, दोर्जी १५ औं पटक शिखरमा 

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
mount-everest-home.jpg.jpeg

सल्लेरी । सगरमाथा आरोहणको बिहिबार पाँचौ दिन १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

बिहिबार आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उनले बताए । बिहिबारसम्मको तथ्याङ्कअनुसार यस वर्ष १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । 

सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । 

यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् । 

दोर्जीबाट १५ औं पटक शिखरमा 

दोर्जी ग्याल्जेन शेर्पाले १५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बिहिबार बिहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का दोर्जीसहित अन्य दर्जनौं आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

पासाङ हिलाले पनि आठौँ पटक शिखरमा 

त्यसैगरी खुम्बु पासङल्हमु गाउपालिका–४ का पासाङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गरेको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिए । अहिले अधिकांश आरोही क्याम्प २, ३ र ४ मा पुगेर शिखर जाने तयारी जुटेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ