arrow

मौसम बेइमान भो, खुल्न अझै केही दिन लाग्ने

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
cloud.jpg

काठमाडौं । मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मौसममा सुधार आउन केही दिन लाग्नेछ । 

बिहार, पश्चिम बंगाल र पूर्वी नेपालमा न्यून चापीय प्रभाव देखिएकाले मौसममा परिवर्तन आएको प्रधानाङ्गले बताए । 

खाडीबाट जलवाष्फयुक्त प्रभावले नेपालमा मौसममा समस्या आएको हो । मौसमी प्रभाव कमजोर बन्दै पूर्वतिर सर्दै गएको छ । 

मौसममा देखिएको यो परिवर्तन ठूलो समस्या नभए पनि दैनिकीका लागि निस्कनेलाई भने समस्या भएको छ । दिँउसो घाम लागे पनि अपरान्हतिर फेरि वर्षा हुनेछ । 

बिहिबार बिहान विभिन्न ठाउँमा चट्याङसहितको वर्षा भएको थियो । यो सम्भावना अझै रहेको मौसमविद् प्रधानाङ्ग बताउँछन् । 

छिनमै घाम, छिनमै बादल र छिनमै वर्षा हुँदा समस्या भएको छ । तापक्रममा भने खासै असर नपरेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ