arrow

विश्वकपको त्यो गोल जुन अहिलेसम्मकै सर्वश्रेष्ठ, भिडियोसहित

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
maradona-world-cup-1986.jpg

काठमाडौं । सन् १९३० देखि भइरहेको विश्वकप फुटबलमा थुप्रै गोल भए । तर त्यसमा एउटा गोल अविश्मरणीय रहेको छ । त्यो हो अर्जेन्टाइन स्टार डिएगो म्याराडोनाको गोल । 

सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा इंगल्याण्ड विरुद्ध म्याराडोनाले गरेको गोललाई विश्वकै सबैभन्दा सर्वश्रेष्ठ गोलका रुपमा लिइएको छ । फिफाले गरेको सर्वेक्षणमा सोही गोल नै उत्कृष्ठ ठहरिएको हो । 

सो खेलमा म्याराडोनाले गरेको ह्याण्ड गोलको चर्चा कहिल्यै मेटिने छैन । इंगल्याण्ड विरुद्धको उक्त क्वार्टरफाइनल खेल जितेपछि म्याराडोनाले तत्काल प्रतिक्रिया दिएका थिए –‘अलिकति म्याराडोनाको टाउकोबाट र अलिकति भगवानको हातबाट ।’

विश्वका चर्चित सुपरस्टार फुटबल खेलाडीहरुले म्याराडोनाको त्यो गोललाई नै उत्कृष्ठ ठहर्याएका हुन् । हेर्नुस् भिडियो–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ