arrow

काठमाडौंमा ट्रकको ठक्करबाट एकको मृत्यु

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंमा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । बिहिबार राति अन्दाजी ११ बजेको समयमा धुमबराहीस्थित सडकखण्डमा सुकेधाराबाट महाराजगंजतर्फ जाँदै गरेको ना ६ ख ३६०९ नम्बरको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको बा २६ प ५५५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा जिल्ला उदयपुर घर भई हाल बालुवाटार बस्ने ३५ वर्षिय हेमबहादुर निरौला रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल पछाडी सवार निरौलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधनहरू चालकसहित महानगरीय प्रहरी वृत्त महाराजगंजको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ