arrow

मोरोक्कोको विश्वकप खेल्ने प्रारम्भिक टोलीको घोषणा 

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
morokko.jpg

काठमाडौं । मोरोक्कोले रुस विश्वकप फुटबल २०१८ मा खेल्ने खेलाडीहरुको प्रारम्भिक छनोट गरेको छ । विहिबार मोरोक्कोले २३ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । 

स्पेन र पोर्चुगलजस्ता बलिया टोलीहरु रहेको समुहमा परेको मोरोक्कोका प्रशिक्षक हर्ब रेनार्डले २३ जना नियमित खेलाडी र तीनजना वैकल्पिक खेलाडीको नाम सार्वजनिक गरेका हुन् । 

अफ्रिकन टोली सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छानिएको टोली हो । 

मोरोक्को रुस विश्वकपको समुह बी मा परेको छ । यो समुहमा स्पेन, पोर्चुगल र इरान पनि रहेका छन् । यो समुहका स्पेन र पोर्चुगल बलिया टोलीहरु हुन् । 

यस्तोमा इरानलाई पार लगाउनु पनि मोरोक्कोको लागि चुनौती हुनेछ । यद्यपि मोरोक्कोले पनि यो विश्वकपको लागि राम्रो तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ