arrow

सेनेगलबाट रुस विश्वकप खेल्ने प्रारम्भिक टोली

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
world-cup-group-b.jpg

काठमाडौं । सेनेगलले यस पटकको विश्वकप फुटबलका लागि प्रारम्भिक खेलाडी छनोट गरेको छ । टोलीका प्रशिक्षक एलिओउ किसेले विहीबार आफ्नो प्रारम्भिक टोलीको छनोट गरेका हुन् । सेनेगलको टोलीमा लिभरपुलका स्टार स्याडियो म्याने र नापोलीका सेन्टर ब्याक कालिडोउ कोउलिबेली प्रमुख खेलाडीको रुपमा रहने छन् । 

सेनेगल पनि सन् २००२ पछि पहिलोपटक विश्वकपका लागि छानिएको हो । समुह एचमा रहेको सेनेगलको टोलीमा पोल्याण्ड जापान र कोलम्बिया रहेका छन् । 

अहिले सेनेगल विश्वकप यादगार बनाउनको लागि तयारीमा जुटेको छ । यस्तोमा उसले दुई मैत्रीपूर्ण खेल पनि खेल्नेछ । उसले मे ३१ मा लक्जेम्वर्गको सामना गर्नेछ भने जुन ८ मा क्रोएसियाको सामना गर्नेछ । 

जुन ४ मा फिफाले टोलीका प्रशिक्षकले दिएको नामको आधारमा विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ