arrow

यस्तो छ साउदी अरेबियाको विश्वकप खेल्ने टोली 

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
saudi-arabia-world-cup.jpg

काठमाडौं । साउदी अरेबियाले विश्वकप फुटबल खेल्ने प्रारम्भिक खेलाडीहरुको छनोट गरेको छ । साउदी अरेबियाले अबको बन्द प्रशिक्षण र मैत्रीपूर्ण खेलहरुका लागि २८ सदस्यीय टोलीको घोषणा गरेको हो । 

अहिले प्रारम्भिक चरणमा परेका खेलाडीहरुबाट विश्वकपका लागि अन्तिम २३ खेलाडीहरु छनोट हुनेछन् । रसिया विश्वकप सुरु हुनुभन्दा अगाडि साउदी अरेबियाले इटाली, पेरु र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

समूह ए मा रहेको साउदी अरेबियाको टोलीमा आयोजक रुससहित उरुग्वे र इजिप्ट रहेका छन् । साउदी अरेबियाले जुन १४ मा पहिलो खेल रुससँग खेल्नेछ । 

दोस्रो खेल उरुग्वे र समुहचरणको अन्तिम खेल एजिप्टसँग खेल्नेछ । यो समुहमा रुस र उरुग्वे बलियो टोली मानिएका छन् भने पछिल्लो समय इजिप्ट पनि लयमा देखिएको छ । 

यस्तोमा साउदी अरेबियाको लागि यो विश्वकप केही कठिन हुनसक्ने आँकलन गरिएको छ । जुन ४ मा फिफाले विश्वकप खेल्ने अन्तिम २३ सदस्यीय टोलीको घोषणा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ