नेकपाबारे रविन्द्र मिश्र भन्छन् –खराब प्रवृत्तिहरू एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
366
Shares
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी घोषणा भएसंगै क्रिया प्रतिक्रिया आउन थालेका छन् । सो क्रममा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले यो एकताप्रति भने खरो टिप्पणी गरेका छन् ।
मिश्रले ‘एकताबाट शक्ति बदलिए पनि सोच र आचरण नबदलिएको भन्दै टिप्पणी गरेका हुन् ।
उनले शुक्रबार बिहान ट्वीटरमा आफ्नो सन्देश ट्विट गर्दै भनेका छन्, ‘एमाले माओवादी एकता प्रकरण – शक्ति बदलियो, सोच र आचरण बदलिएको छैन ।’
उनले लेखेका छन्, ‘पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्, खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ ।’
यस्तो छ उनको ट्वीट– ‘एमाले, माओवादी एकता प्रकरण – शक्ति बदलियो। सोच र आचरण बदलिएको छैन। पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्। खराब प्रवृत्तिहरू एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस् – नेपालको जय होस् ! धेरैधेरै शुभकामना !