arrow

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले केन्द्रीय कार्यालयको अवलोकन गर्ने

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
nepal-communist-party11.jpg

काठमाडौँ ।पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन् ।  

एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ । तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शुक्रवार धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ