arrow

मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
taxi-computer-billing.jpeg

ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए । उनले भने, “हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कारबाही पनि गरिरहेका छौं ।”

ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताए , “यस अघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कारबाही गर्दै आएको थियो । ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे । अहिले गुडिरहेको ठाउँमा कारबाही थालिएको हो । उनले भने, “अहिले हामीले गरेको कारबाही यात्रु आफैंले पनि देख्नुहुन्छ ।”

ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कारवाही गर्दै आएको छ । चालकले काठमाडौंमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भने, “यो ठाउँ कहाँ पर्छ भन्नासाथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’’ रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ