भागबण्डाले पार्टी एकतामा छिट्टै विखण्डन : बिजुक्छें
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
291
Shares
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे। दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दिर्घकालिन स्वरुप नदेखिएको उनले बताए ।
उनले रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नु पर्ने बताए । हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उनले बताए ।
वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उनले बताए । उनले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए । उनले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटि देखिएको छ यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताए । पञ्चायत जस्तै काँग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकबाद शैलिमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको उनले बताए ।
बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदि नाला बेच्ने गरेता पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनले बताए । मोदीको नेपाल भ्रमण उपलब्धि मुलक भन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको उनको भ्रमण लगतै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले प्रष्टाएको उनले बताए ।
सिंहदरवारको अधिकार स्थानीय तहमा भन्ने भनाई सिंहदरवार भित्रै रहेको र यो चुनावी नाराको आकर्षण मात्र एमाले र माओवादीले बनाएको उनले बताए ।