arrow

प्रधानाध्यापकले विद्यार्थीलाई खुवाए पिसाब

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
teacher.JPG

रामेछाप ।  रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालीका वडा नं— ५ स्थित झट्टेश्वर माविका प्रधानाध्यापक केवल तिमल्सेनाले आफ्नै विद्यार्थीहरुलाई उनीहरुकै पिसाव खुवाउन वाध्य वनाएका छन् । प्रधानाध्यापक तिम्लसेनाले विद्यार्थी विद्यार्थी विचको सामान्य निउँमा कक्षा ७ मा अध्ययरत बुद्ध तामाङ, लाक्पा तामाङ र गणेश वुढाथोकीलाई निर्घाट कुटपीट गरि पिसाव खान वाध्य वनाएका हुन् । गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काका अनुसार प्रधानाध्यापक तिम्लसेनाले गत मंगलवार भएको घटनाको वारेमा विद्यार्थीहरुले स्थानिय इलाका प्रहरी कार्यालय धोवीमा शुक्रवार उजुरी दिएपछि उक्त घटना बाहिर आएको हो ।

घटना विवरण अनुसार घरवाट विद्यालय आउँदा मिनरल वाटरको वोतलमा खानेपानी लिएर आएका विद्यार्थीद्धय लाक्पा, बुद्ध गणेशको मिलेमतोमा उनीहरुले मिनरल वाटर वोतलमा पिसाव र थुक मिसाएर खुवाएका थिए । उक्त जानकारी विद्यालय प्रसाशनमा आए लगत्तै पानी खुवाउने तीनै जनालाई प्रधानाध्यापक तिमल्सेनाले उक्त पानी खान लगाएका थिए । उक्त पिसाव सहितको पानी खान वाध्य वनाएपछि ती विद्यार्थीहरुले तत्कालै वान्ता समेत गरेका थिए । पिसाव खाएका विद्यार्थीहरु सवैले वान्ता गरेपछि थप व्यापकता पाएको थियो ।
 
प्रारम्भमा उनीहरुले उक्त वोतलको पानी खान नमानेपछि प्रधानाध्यापक तिमल्सेनाले पिसावै खुवाएको ठहर सहित कुटपिट गरी उक्त पानी खान वाध्य वनाएका थिए । यस्तै प्रध्यान्ध्यापक तिमल्सेनाले कक्षा ९ मा अध्ययरत एक छात्रलाई सोही दिन आफ्नै साथीहरुसँ झैझगडा गरेको भन्दै निर्घात कुटपीट समेत गरेका थिए ।

उनलाई दिनहुँ गाजा सेवन गरेर विद्यालय आउने र साथीहरुसँग झैझगडा गर्ने गरेको कारण कपालमा समातेर सामान्य नैसियत मात्र दिएको र अन्य तिनजना विद्यार्थीहरुको हकमा भने आफ्नै साथीहरुलाई नियतवस थुक र पिसाव मिसाएको पानी खुवाउने लगाएत अन्य उछ्रिगंल गतिविधि गरेका कारण ती विद्यार्थीहरुलाई सामान्य कारवाहीसम्म गरेको प्रधानाध्यापक तिमल्सेनाले वताए ।

सोही विषयलाई लिएर शुक्रवार दिउँसो वसेको विद्यालय समितिको वैठकमा प्रधानाध्यापकलाई समेत आमन्त्रण गरिएको र प्रधानाध्यापक तिमल्सेनाको उपस्थिती नभएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरु समेतको उपस्थितीमा प्रधानाध्यापक तिमल्सेनालाई पदवाट हटाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काले जानकारी दिए ।
 
उक्त घटनाका कारण विद्यालय र गाउँमा समेत तनाव उत्पन्न भएपछि प्रधानाध्यापक केवल तिमल्सेनाले शुक्रवार सदरमुकाम मन्थली आएर जिल्ला प्रशासन कार्यालयमा तत्काल आफ्नो ज्यानको सुरक्षाको लागि आवश्यक सहयोगका लागि उजुरी दर्ता गराएका छन् । उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालयले घटनाका सम्वन्धमा सत्यतथ्य पत्ता लगाउन जिल्ला शिक्षा कार्यालय रामेछापमा आजै पत्राचार गरेको जिल्ला शिक्षा कार्यालय रामेछापका विद्यालय निरिक्षक भरत भट्टराईले जानकारी दिए ।

घटनाका वारेमा विद्यालयका प्रधानाध्यापक केवल तिमल्सेनासँग सम्र्पक गर्दा उनले विद्यालय प्रशासनले गरेको निर्णयको वारेमा आफुलाई कुनै जानकारी नै नभएको र वडा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष सँग आफ्नो व्यक्तिगत रुपमा राम्रो सम्वन्ध नभएकै कारण सामान्य घटनालाई तोडमोड गरि आफुलाई पदवाट हटाउन खोजेको हुनसक्ने वताए ।

आफुलाई प्रधानाध्यापक पदवाट हटाउनकै लागि सिङ्गो वडा र गाउँपालिकाले यति तल झरेर वदनाम गर्न खोजेको आरोप समेत तिमल्सेनाले लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ