arrow

पुरानो एमाले कार्यालयमा ओलीले दाहाललाई, माओवादी कार्यालयमा दाहालले ओलीलाई गरे स्वागत

नेकपाका अध्यक्षबाट कार्यालय अवलोकन

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
dahal-oli.JPG

काठमाडौँ । पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले शुक्रवार तत्कालीन नेकपा एमालेको धूम्रबाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।  

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ती कार्यालय निरीक्षण गरेका थिए । धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गरेका थिए । एमाले र केन्द्रबीच बिहीबार एकता भएका थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गरे ।
 
दुवै कार्यालयका पदाधिकारी कक्ष, विभाग र सभाकक्षको उनिहरुले अवलोकन गरेका थिए । सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी थिए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिए ।

यसैबीच नेकपा (मसाल)ले दुई पार्टीको एकतालाई सकारात्मक ठान्दै आफ्ना प्रतिबद्धतामा अडिग रहन नेकपालाई सुझाव दिएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी समृद्धि र सामाजिक न्यायका लागि काम गर्न सुझाव दिएका हुन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ