arrow

रुस विश्वकप २०१८ गुमाउने ठुला खेलाडीहरु

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
un-player.png

काठमाडौं । रुस विश्वकप नजिकिँदै गएसँगै यो विश्वकपमा कुन देशले कस्तो प्रदर्शन गर्ला भन्ने चर्चाका साथै कुन खेलाडीको प्रदर्शन कस्तो रहला भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । अबको एक महिनाभन्दा पनि कम समयमा सुरु हुन गइरहेको यो विश्वकप प्रतियोगितामा केही चर्चित खेलाडीहरु भने खेल्न नपाउने भएका छन् ।

विश्वकप प्रतियोगितामा कुनै किसिमको चोट तथा समस्या नआओस् भन्नका लागि खेलाडीहरुले अगाडि देखि नै तयारी गरिरहेका हुन्छन् तर केही खेलाडीहरु भने विभिन्न समस्याहरुको कारण विश्वकपमा खेल्ने सम्भावना कमजोर रहेको देखिएको छ ।

यो विश्वकपमा अनुपस्थित हुने पक्का भएका खेलाडीहरुमा करिम बेन्जेमा शीर्षस्थानमा रहेका छन् । उनले सन् २०१५ को अक्टोबरयता कुनै पनि खेलमा सहभागिता जनाउन सकेका छैनन् भने यो विश्वकपमा पनि उनले खेल्ने सम्भावना निकै कम रहेको छ ।

यो विश्वकप छुटाउने अर्को महत्वपूर्ण खेलाडीको नाम हो– एलेक्स अक्सलेड चाम्बर्लियन । लिभरपुलका यी मिडफिल्डर अहिले घुँडाको चोटको कारण आराम गरिरहेका छन् । रेड्स च्याम्पियन्स लिगको सेमिफाइनलमा देखिएको चोटको कारण उनी अहिले आराम गरिरहेका हुन् ।  

ब्राजिलका डिफेन्डर ड्यानी एल्भासले पनि यो पटकको विश्वकप गुमाउने भएका छन् । उनी अहिले घुँडाको चोटको कारण आराम गरिरहेका छन् भने उनको स्थानमा फाग्नरलाई रुस पठाउने निर्णय ब्राजिलले गरिसकेको छ ।
स्विडेनका जाल्टन इब्राहिमोभिकले पनि यसपटकको विश्वकप गुमाउने भएका छन् । टोलीको अन्तिम २३ मा नअटाएसँगै इब्राहिमोभिक पनि यो विश्वकपबाट बाहिरिने भएका हुन् ।

इटालीका ग्यानलुङ्गी बुफोन यो विश्वकपमा देखिने छैनन् । यो विश्वकपपछि सन्यास लिने सोचमा रहेका ३९ वर्षीय इटालीका गोलकिपरको योजना टोली विश्वकपको छनोटबाटै बाहिरिएपछि अधुरो रहन पुगेको हो । इक्वेडर तथा म्यानचेस्टर युनाइटेडका डिफेन्डर एन्टोनियो भ्यालेन्सिया पनि यो विश्वकपमा देखिने छैनन् । इक्वेडर पनि यस पटकको विश्वकपको लागि छनोट हुन नसकेसँगै रुस विश्वकपको उनको ढोका बन्द भएको हो ।

नेदरल्याण्डका डिफेन्डर भर्जिल भ्यान डिज्क पनि यो विश्वकपमा देखिने छैनन् । नेदरल्याण्ड पनि युरोपबाट विश्वकपमा छनोट हुन नसकेसँगै उनले आफ्नो क्षमता यो विश्वकपमा देखाउन नपाउने भएका हुन् ।  यस्तै अवसर मिस गर्ने सोही टोलीका अर्का खेलाडी अर्जेन रोबिन पनि हुन् । उनले यो विश्वकपमा छनोट हुन नसकेसँग आफ्नो खेल जीवनबाटै सन्यासको घोषणा गरेका छन् ।

टोली छनोट नभएको कारण यो विश्वकपका लागि आफ्नो स्थान बनाउन नसक्ने खेलाडीमा इटालीका डिफेन्डर लियोनार्दो बोउन्ची पनि रहेका छन् । अष्ट्रियाका डिफेन्डर डेभिड एलाबा पनि यो विश्वकपमा देखिने छैनन् । बार्यन म्युनिखबाट फुटबल खेलिरहेका उनी आफ्नो टोली विश्वकपबाट बाहिरिएसँगै रुसको यात्रामा सहभागी नहुने भएका हुन् ।

यसअघिको विश्वकपमा धेरैको ध्यान आकर्षित गर्न सफल रहेका चिलीका मिडफिल्डर अर्टुरो भिडाल पनि यो विश्वकपमा देखिने छैनन् । रियल मड्रिडका महत्वपूर्ण स्ट्राइकर गेरेथ बेल पनि यो विश्वकपमा नसुनिने ठुलो नाम हो । वेल्स यो विश्वबपमा छनोट हुन नसकेसँगै उनको लागि रुस विश्वकपको ढोका बन्द भएको हो ।

चिली तथा आर्सनलका स्ट्राइकर एलेक्सिस सान्चेजले पनि यो विश्वकप गुमाउने भएका छन् । दक्षिण अमेरिकन टोलीले यसपटकको विश्वकपका लागि स्थान बनाउन नसकेसँगै रुस विश्वकपबाट सान्चेज पनि बाहिरिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ