arrow

पेट्रोलियम पदार्थको भाउ बढाएको विरोध गर्ने विद्यार्थीहरु प्रहरी हिरासतमा, सरकार अनुदार

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
custody-nsu-protest.jpg

काठमाडौं। सरकार विरोध सुन्न नै नचाहने प्रवृती देखिन थालेको छ। सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धी गरेको विरोधमा उत्रिएकाहरुलाई प्रहरी हिरासतमा लिएको घटनाले सरकार आफ्नो विरोध सुन्नै नचाहने प्रवृती देखिएको हो। 

पेट्रोलियम पदार्थमा मुल्य बृद्धी गरेर जनताको ढाड सेकेको भन्दै नेविसंघ कंचनपुर जिल्लाले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले विद्यार्थीहरुलाई गिरफ्तार गरि हिरासतमा समेत लिएको छ। 

प्रहरीले नेविसंघका सहमहामन्त्री अच्युत राज कलौनी, केन्द्रीय सदस्य प्रकाश थापा, नेविसंघ कञ्चनपुरका अध्यक्ष टेक पाण्डे, गोरख राउले, केशवराज जोशी, तेज साउद, किशोर प्रसाद जोशी, विवेक पन्त, गणेश उपाध्याय, मदनराज मिश्रा, एस पि कोइराला, जया साउद, यज्ञराज जोशी, करबहादुर महता, प्रेम महता, मदनराज पन्त , प्रकाश धामी, दिनेश जोशी, लक्षमण धामी , राम महरा, हिमान्सु भट्ट , हितेस साउद , लोकेन्द्र भण्डारी, सरोज रोकाए, भुवन अवस्थीलाई हिरासतमा राखि छोडेको छैन। 

विद्यार्थीहरुलाई हिरासतमा लिएको घटनाको नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले विज्ञप्ती निकाली विरोध गर्दै सरकारको अनुदार चरित्र उदाङगो भएको जनाएका छन्। 

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघले देशभर विरोध प्रदर्शन गरेको थियो। शुक्रबार महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा आयल निगममा घेराउ भएको थियो भने विभिन्न क्याम्पस अगाडी पनि प्रदर्शन भएको थियो। 

लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकताले सरकार विरुद्ध प्रदर्शन गरेका थिए । अस्काल क्याम्पस अगाडि प्रदर्शन गर्दै उनीहरुले राष्ट्रवादी भनिएको सरकार भारतीय प्रधानमन्त्री मोदीका अगाडि लम्पसार परेको आरोप लगाए । 

नेविसंघ अस्कल क्याम्पसका नेता प्रकास अर्यालले सरकारका गतल कदम विरुद्ध आन्दोलन गर्नुपरेको बताए । ‘सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ, भारतीय प्रधानमन्त्रीसँग लम्पसार पर्दै सम्झौता गरेको छ’ अर्यालले भने,‘भारतीय नेता किर्ति आजादले देशको अखण्डतामाथि धावा बोल्दासमेत सरकार चुपलागेर बस्नु लज्जाको विषय हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ