arrow

नेपाल नेतृत्वको प्यानललाई जिताउन आधा दर्जन पार्टीले सहयोग गर्ने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ ५ शनिबार
fncci-panchtar.jpg

पाँचथर । उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशनमा दीपक नेपालको प्यानललाई जिल्लाका आधा दर्जन पार्टीले सहयोग गर्ने भएका छन् । नेपाली कांग्रेस,राप्रपा प्रजातान्त्रिक,राप्रपा राष्ट्रवादी,नेकपा माले,राष्ट्रिय जनमुक्ति पार्टी,संघिय लिम्बुवान पार्टी,र राष्ट्रिय जनमुक्ति पार्टीले बिज्ञिप्त मार्फत नेपाल नेतृत्वको प्यानलाई सहयोग गर्ने बताएका हुन् ।

विज्ञप्तीमा नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य मानदेव केरुङ,जिल्ला अध्यक्ष राजकुमार जोशी,राप्रपा राष्ट्रवादीका केन्द्रिय सदस्य मदन पोख्रेल,नेकपा मालेका राष्ट्रिय सल्लाहकार सदस्य लयप्रसाद बास्कोटा,राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनदेव स्याङबो,संघिय लिम्बुवान पार्टीका केन्द्रिय उपाध्यक्ष क्याप्टेन सुरेन्द्र प्रकाश जवेगु,संघिय लिम्बूवान पार्टी पाँचथरका जिल्ला अध्यक्ष कमलराज नेम्बाङ्ग र राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष हेम बहादुर योङया लगायतले बोल्नुभएको थियो ।

 विज्ञप्तीमा भनिएको छ, विगत ३५ वर्षदेखिको लोकतन्त्रवादीहरुको स्वर्णीम इतिहासको विरासत बोकेको लोकतन्त्रवादीहरुको प्यानललाई अत्याधिक बहुमतले विजयी बनाउन आवश्यक रहेको निष्कर्ष निकाल्दै उक्त प्यानललाई विजयी बनाउन आफूहरुले प्रतिवद्धता जाहेर गरेको हौ ।

यस्तै अत्यन्त गतिशिल कर्मठ,बौद्धिक,साना ब्यवसायिहरुको एजेण्डाहरु संवोधन गर्न सक्ने,क्षमतावान,सफल र सक्षम यूवा ब्यवसायि अध्यक्ष पदका उम्मेद्धवार दीपक नेपाल नेतृत्वको लोकतन्त्रवादी र विशुद्ध ब्यवसायिहरुको प्यानललाई अत्याधिक बहुमतले विजयी बनाउन सकेमात्र पाँचथर उद्योग वाणिज्य संघको गरीमा र साख जोगाउन सकिने भएकोले आफनो पार्टी पक्ति,एवम समस्त पाँचथर वासी ब्यवसायिहरुमा लोकतन्त्रवादीहरुको प्यानललाई विजयी बनाउन हादिक अपिल गर्दछौ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 विज्ञप्ती प्रकाशित गरी आज सदरमुकाम फिदिम स्थित मनस्वी होटलमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै उवासंघ पाँचथरको अध्यक्ष पदका उम्मेद्धवार दीपक नेपालले ब्यवसायिकरणलाई बढावा दिन,दोहोरो कर प्रणालीको अन्त्य गर्न,अण्डर बिलिङ समस्या हटाउन एवम ब्यवसायिक हक हित एकता र सुरक्षाको लागि आफू लगायत आफनो प्यानलको उम्मेद्धवारी रहेको हुँदा हाम्रो प्यानललाई विजयी गराईदिनुहुन सम्पूर्ण जिल्लाका उद्योगि ब्यवसायीहरुमा अनुरोध गर्न चाहान्छु ।

यस्तै उनले पाँचथर जिल्लामा रहेर उद्योग ब्यवसाय संचालको माध्यमबाट आर्थिक रुपान्तरण र जनताको जीवनस्तर सुधारका लागि लोकतान्त्रिक पद्धतिलाई जीवनशैलीको रुपमा आत्मसात गर्ने वाचाको साथ आफनो प्यानलको उम्मेद्धवारी रहेको बताए ।
 
आफू लगायत आफनो प्यानललाई उद्योगि ब्यवसायीहरुले जिताउन सके सवै स्थानिय तहका ब्यवसायिहरुलाई पूँजीको अभाव हुन नदिन सहजरुपले ब्यवसायिक तथा औद्योगिक रिण प्रवाहका लागि आवश्यक ब्यवस्था मिलाउने उनको भनाई  छ । यस्तै ब्यवसायिक क्षेत्रमा थोपरिएको दोहोरो करको मारबाट ब्यवसायिलाई मुक्त पार्न एकीकृत कर प्रणाली लागू गर्ने ब्यवस्था मिलाउने उनले बताए । त्यस्तै जिल्लामा उत्पादन भई निकासी हुने विभिन्न कृषि तथा औद्योगिक वस्तुको बजारीकरणका समस्या समाधानका लागि पहलकदमी लिने उनले उल्लेख गरे।

यस्तै जिल्लाको धार्मिक,पर्यटकीय तथा ब्यवसायिक पहिचानसँग जोडिएको जोरपोखरी बजार,चतुरे,सल्लेरी,काबेली,अमरपुर लगायतका क्षेत्रको जग्गा ब्यवस्थापनको समस्या समाधान गर्न पहलकदमी गर्ने, सो क्षेत्रका ब्यवसायिले विनाधितो रिण लिन सक्ने प्रावधानका लागि आफूले नेतृत् वगर्ने उहाँको भनाई छ ।
त्यसैगरी जिल्लाको आर्थिक क्षेत्रको बृहत्त विकाशका लागि १६ औ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपोभूमि तथा कर्मभूमि रहेको लब्रेकुटी,सिलौटी,सुम्हात्लुङ,थाम्ले मन्दिर,हिलिहाङ,आगेजुङ गुम्बा,साधुटार,सुकेपोखरी,तिम्बु पोखरी,पौवाभन्ज्याङ र राँके क्षेत्रका पर्यटकीय स्थलहरुका साथै जिल्लाका अन्य पर्यटकिय क्षेत्रको विकाशका लागि सरकारी निकायसितको सहकार्यमा कार्यक्रम संचाल गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ