arrow

खाना पस्कने पन्युले हानेर श्रीमतीको हत्या

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
Dead_Body.jpg.jpeg

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।  लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् ।

 गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो ।  गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् ।

 शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ । शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न  २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ