arrow

नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ: शंकराचार्य

हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
sankaracharya.jpg

चितवन । श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताएका छन् । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उनले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भने, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।”

शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप गर्न नहुने बताउँदै सनातन हिन्दू धर्मको संरक्षण र नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने विचार व्यक्त गरे। धर्मले परिपूरण भए मात्र सबैकुरा सिद्ध हुने उनको भनाइ थियो । शंकराचार्यले भने “नास्तिक कोही हुँदैन, सबैको आस्था हुन्छ । यसलाई सरकारले परिवर्तन गराउनु हुँदैन ।”

कार्यक्रममा हरिहर सन्न्यास आश्रम देवघाटका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले सनातन हिन्दू धर्मको रक्षासँगै संरक्षण गर्न नसके देशमा विभिन्न किसिमका समस्या आउने बताए ।

कार्यक्रममा नागरिक अभिनन्दन मूल समारोह समितिका तर्फबाट दयाराम पाण्डे र देवघाट क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष टंकनाथ पौडेलले शंकाराचार्यलाई अभिनन्दन गरेका थिए । अभिनन्दनअघि भरतपुरका विभिन्न ठाउँबाट शोभायात्रा निकालिएको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ