arrow

हाम्रा प्रधानमन्त्रीलाई विमानमा पाईलट र कोपाईलट हुन्छ भन्ने थाहा रैनछ: प्रदिप पौडेल

कम्युनिष्ट सबै मिले पनि कांग्रेसलाई कुनै धक्का लाग्दैन

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ ५ शनिबार
pradip-poudel2.jpg

बागलुङ ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता प्रदिप पौडेलले नेपालका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि कांग्रेसलाई कुनै पनि प्रकारका धक्का नलाग्ने बताएका छन । नेपाल तरुणदल बागलुङको जिल्ला स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस मालिकहरुको ज्यादती विरुद्ध लडने पार्टी भएका कारण देशका सवै कम्युनिष्ट एकै ठाउँमा भए पनि कुनै असर नपर्ने बताएका छन ।
 
हामी लोकतान्त्रीक समाजबाद आत्मसाथ गछौं नेता पौडेलले भने, ‘ओली र प्रचण्ड आफुहरु दुई तिहाई निर्माण गरेर जनवादीकरण गर्नका एकिकरण गरेको आरोप लगाए। पौडेलले केपी ओलीले केही दिन पहिले दिएको दुई अध्यक्ष टेम्पो चलाउनका लागि नभएर जेट विमान चलाउनका भन्ने अभिव्यक्तिलाई टिप्पणि गरेका थिए । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीलाई एउटा कुरा थाहा रैनछ विमानमा पाईलट र कोपाईलट हुन्छ भन्ने, उनलाई यो कुरा पनि प्रष्ट पार्नका लागि जरुरी रहेको छ ।
 
पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले प्रधानमन्त्रीको राष्ट्रबाद छताछुल्ल भएको बताए । मोदी भ्रमणको क्रममा पाइला पाइलामा नेपाली राष्ट्रियता तथा स्वाभिमानमाथि धावा बोलिँदा समेत ओली सरकार निरीह भएको नेता पौडेलले दाबी गरे ।

प्रधानमन्त्री ओलीले मोदीको असोभनीय चाकरी गरेको उनको बुझाई छ ।  भारतीय सरकारको चाकरी दौडमा ओली एक नम्बरमा देखिनु भयो’, पौडेलले भने, ‘अहिलेसम्मको तिक्तता भुलेर भ्रमण सफल भयो भन्नु राष्ट्रप्रति ठुलो घात हो ।  वलीले नाकाबन्दीबारे मोदीलाई प्रश्न गर्न सक्नुपथ्यो ।’ उता मोदीले नाकाबन्दी भारतको गल्ती थियो भन्नु पर्ने उनको भनाई छ ।

मोदीको भ्रमणको क्रममा भारतीय सुरक्षाकर्मीलाई निम्त्याएर नेपाली सुरक्षाकर्मीको क्षमतामाथी प्रश्न चिन्ह उठाइएको उनले बताए । यो गतल भयो । नेपाली सुरक्षाकर्मीले शान्ति मिसनमा सफल काम गरेका छन, ’हाम्रो पाहुनाको सुरक्षा गर्न हामी सक्षम छौं भन्न नसक्नु सरकारको कमजोरी हो।’

राष्ट्रवादको नक्कली जलप लिएर चुनावी मैदानमा ओर्लिएका ओलीले नाकाबन्दीका कारण प्रताडित लाखौं नेपालीको पक्षमा एक शब्द समेत खर्चन नसकी मोदी समक्ष निरीह देखिएकोमा अचम्म लागेको समेत पौडेलले बताए ।

मोदीको नागरिक अभिनन्दन नागरिक स्तरबाट एकै ठाउँमा हुनुपर्नेमा त्यसो नभएको भन्दै पौडेलले मोदीलाई गरिएको अभिनन्दन झुण्ड विशेषको मात्र भएको बताए । उनले कांग्रेस पार्टि भित्रको रोग पहिचाहन गरी सफल उपचार गरेर अगाडि बढन लागेको भन्दै अबको परिवेशमा पार्टी भित्र सोचाई बदल्न जरुर रहेको समेत बताए ।

कार्यक्रममा कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापा, पुर्व सभापति एवं प्रदेश सभा सांसद मणिभद्र शर्मा कंडेल, पुर्व सभापति हरि प्रसाद श्रेष्ठ, प्रकाश शर्मा पौडेल, प्रदेश सांसद कोपिला बोहोरा, महासमिति सदस्य भिम श्रीष, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी लगायतले बोलेका थिए ।
 
कार्यक्रममा कांग्रेस बागलुङका पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाली कांग्रेस केन्द्रिय निति तथा प्रशिक्षण विभागका पुर्व विज्ञ सदस्य प्रताप पौडेल, क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष द्रोण कुँवर, तरुणदलका पुर्व केन्द्रिय सदस्य टेकराज पौडेल, हरि आचार्य, नेविसंघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्मा, कांग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री लगायतले प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा जिल्लाका सयौं तरुण युवाहरुको उपस्थिति रहेको थियो । तरुणदल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबुको अध्यक्षता उपाध्यक्ष कृष्ण पौडेलको स्वागत सहसचिव सिताराम रसाईलीको संचालन र उपाध्यक्ष गोविन्द पौडेल गोपालको धन्यबाद मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ