arrow

नेपाल कम्युनिष्ट पार्टीमा खोइ त महिला ? 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
nekapa.JPG

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा महिला सहभागीता कम भएपछि ओलोचना बढ्दै गएको छ । महिलाको सहभागीता नहुँदा पार्टी सन्तुलित नभएको आरोप पनि लाग्दै गएको छ । 

पार्टी सचिवालयमा एक जना पनि महिला नहुनु भएको दुःखद भएको नेकपाकै महिला नेतृहरुले भनेका छन् । तर उनीहरुले भर्खर पार्टी एकता भएकाले त्यो मिल्न समय लाग्ने स्वीकार्दै आएका छन् । 

९ जनाको हाइ कमाण्डमा महिला त भएनन् नै समावेशीमा पनि खिल्ली उडाइएको छ । ९ मध्ये ६ जना ब्राम्हण । 

नेतृ ओनसरी घर्ती पनि पार्टीले समय दिएर महिला सहभागीता बढाउनेमा विश्वस्त रहेकी छिन् । उनी भन्छिन्, ‘दुई पार्टी मिलाउँदा भएको समस्या अब मिल्न बाँकी सिटमा मिलान हुनेमा मलाई विश्वास छ ।’

केन्द्रीय कमिटिदेखि स्थायी कमिटिसम्ममा पदाधिकारी राख्न रहेकाले पनि त्यसमा महिला सहभागीता बढ्नेमा घर्तीको विश्वास छ । 

किन ध्यान गएन नेताहरुको ? 

अहिलेको एकतामा समावेशी सिद्धान्त लत्याइएको छ । एमाले र माओवादीभित्रका पुरुष शीर्ष नेताहरु मात्र समेटिए । त्यसमा समावेशीताले हावा खायो । 

आधा आकाश ढाकेका महिलाहरुलाई कतै पनि समावेश गरिएन । एमालेमा त उपाध्यक्ष भएकी अष्टलक्ष्मी शाक्य थिइन् । माओवादीमा पम्फा भुषाल प्रवक्ता नै थिइन् । 

पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती पनि छायाँमा परिन् । महिला सक्षम भएकोमा कुनै प्रश्न छैन । तर केन्द्रीय र स्थायी कमिटिमा ३३ प्रतिशत महिला हुनेमा आशंका छ । 

एक राजनीतिक विष्लेषकका अनुसार यो एकता केवल भागबण्डाको मात्र भएकाले यहाँ महिला र पुरुष भन्ने नै नरहेको भन्दै एकतालाई ब्यङ्ग्य कसेका छन् । उनका अनुसार एकता नभएको भए दुवै पार्टीलाई जनताले वहिस्कार गर्ने खतरा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ