arrow

एमाले–माओवादी एकीकरणमा डा बाबुराम भट्टराईको यो अर्को कटाक्ष 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
BABURAM-BHATTARAI-FINAL.jpg

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले कटाक्ष गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै पार्टीहरूको एकीकरण हुनु राम्रो कुरा भए पनि युगको आवस्यकता टाउका मात्र जोड्ने भौतिक एकीकरण हैन भन्दै यो केवल वैचारिक रूपान्तरण सहितको ध्रुवीकरण हो कि ? भनी प्रश्न गरेका छन् । 

नेता भट्टराईले परम्परागत कम्युनिष्ट पार्टीहरूको गत सय बर्षको कटु अनुभवप्रति बहस कम भएको हो कि भन्ने जिज्ञासासमेत राखेका छन् । 

उनको ट्वीटर यस्तो छ –पार्टीहरूको एकीकरण हुनु राम्रो कुरा हो। ठुलो आकारको पार्टीले भोटबैंक र मनोबल बढाउँछ।तर युगको आवस्यकता टाउका मात्र जोड्ने भौतिक एकीकरण हैन वैचारिक रूपान्तरण सहितको ध्रुवीकरण हो कि ? परम्परागत कम्युनिष्ट पार्टीहरूको गत सय बर्षको कटु अनुभव जो छ। त्यतापट्टि बहस अलि कम भयो कि ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ