arrow

जर्मनी विश्वकपका दुई खेलाडी ओजिल र इल्के विवादमा तानिएपछि राष्ट्रपतिलाई गुहार 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
germany-fooball.jpg

काठमाडौं । दुई जर्मन फुटबलरहरुले विवादमा फसेपछि जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गरेका छन् । टर्की मूलका मेसुट ओजिल र इल्के गुन्डोर्अनले शनिबार जर्मन राष्ट्रपतिसँग भेट गरेका हुन् । 

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनसँग फोटोसुट गरेको भन्दै उनीहरु विवादमा तानिएपछि उनीहरुले जर्मनी राष्ट्रपतिसँग भेट गरेका हुन् । टर्कीमा निर्वाचन आउँदै गरेको अवस्थामा उनीहरुले फोटोसुट गराएसँगै उनीहरु विवादमा आएका हुन् । जर्मनीका राजनीतिक दलहरुले टर्कीका राष्ट्रपतिलाई अस्वीकार गर्दै आएका छन् । 

दुई फुटबलरहरुले भने फोटोसुट गराउँदै उनको समर्थन गर्न खोजेको भन्दै उनीहरुको विरोध भएको हो । जर्मनीले ‘कू’ को असफल प्रयासपछि टर्कीका राष्ट्रपतिले लिएको नीतिको विरोध गर्दै आइरहेको छ । गएको साता बेलायतको लण्डनमा भएको एक समोरोहको क्रममा दुई जर्मन खेलाडीहरुले टर्कीका राष्ट्रपतिलाई अटोग्राफ गरेको टि–सर्ट दिएका थिए । 

अहिले दुवै खेलाडीहरु आगामी महिना रुसमा हुन गइरहेको विश्वकपका लागि तयारी गरिरहेका छन् तर यसपटक टर्की भने छनोट भएको छैन । 

जर्मनीको फुटबल संघले पनि दुई खेलाडीको यस किसिमको व्यवहारको विरोध गरेको थियो । बर्लिनमा भएको भेटपछि जर्मनीका राष्ट्रपतिले यो भेट दुई खेलाडीहरुलाई आफ्नो गलत बुझाइलाई स्पष्ट पार्नका लागि निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । 

जर्मनीको फुटबल संघले पनि दुवै खेलाडीहरुले टर्कीमा कुनै पनि किसिमको राजनीतिक सन्देश पठाउने आफूहरुको कुनै योजना नरहेको स्पष्टीकरण दिएको बताएको छ । उनीहरुले आगामी दिनमा जर्मनीको फुटबलको मर्मअनुसार नै फुटबल खेल्ने संघले बताएको छ । टर्कीका राष्ट्रपति इर्डोगन पछिल्लो १५ वर्षदेखि टर्कीको सत्तामा रहिआएका छन् र आगामी कार्यकालको लागि पनि उठेका छन् । टर्कीमा २४ जुन मा निर्वाचन हुँदैछ । 

विवादमा तानिएपछि खेलाडीहरुले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका थिए ।

Mesut Özil and President Erdogan, 13 May 2018

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ