arrow

सरकारले दुई तिहाईको दम्भ देखाउन थाल्यो : प्रदीप पौडेल

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
pradip-paudel.jpg

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले र माओवादीको एकतासँगै वर्तमान सरकारको काम कार्वाहीमा दुई तिहाईको दम्भ देखिन थालेको बताएका छन् । कास्कीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले कम्युनिष्ट एकतामा आफूहरुको कुनै आपत्ति नरहेपनि त्यसैको आडमा सरकार गलत दिशातर्फ उन्मुख भए कडा प्रतिवाद गरिने चेतावनी दिए ।

 संघीयता कार्यान्वयनमा उदास देखिएको वर्तमान सरकार जनतामा अनावश्यक त्रास सिर्जना गर्न लागि परेको पौडेलले बताए । गृह प्रशासन हुकुमी शैलीमा अघि बढ्न खोजेको आरोप लगाउँदै पौडेलले सबैले ऐन नियमको परिधिमा रहेर मात्र काम गर्नुपर्ने बताए । सडक विस्तारमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने अधिकार भौतिक पूर्वाधार मन्त्रालयलाई छ, तर यसलाई बेवास्ता गर्दै गृहमन्त्रीबाटै हुकुमी शैलीमा भनाइ आउनु  बेठीक हो   पौडेलले भने ।

 बेग्लै प्रसंगमा पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई नियमावली मार्फत् नभई ऐन–कानून मार्फत नै कार्वाहीको दायरमा ल्याउनु पर्ने धारणा राखे। 'त्यस्ता सांसदलाई संसद् नियमावली मार्फत् निलम्बन गर्नुपर्ने सत्ता पक्षको तर्कमा कुनै तुक छैन, ऐन कानून मार्फत् नै कार्वाही हुनुपर्छ' पौडेलको भनाइ थियो ।

पुरानै शैली र रवैयाबाट अब नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै उनले पार्टीमा व्यापक सुधार आवश्यक भएको बताए । अहिले जनताले कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएकाले कांग्रेस सोही बमोजिम अघि बढ्ने उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ