arrow

सफल नेतृत्वको ३३ दलीय मोर्चा नेपाल कम्युनिष्ट पार्टीबाट छुटियो

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
nepal-communist-party-united.JPG

काठमाडौं । युवराज सफल नेतृत्वको ३३ दलीय मोर्चाले नेकपा नेपालवादी समुहलाई समानान्तर केन्द्रीय समितिको रुपमा घोषणा गरेको छ । आइतबार समुहका अध्यक्ष युवराज सफलले विज्ञप्ति प्रकाशित गरि  एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी  गठन भएको पार्टीले मोर्चामा आबद्ध दलका पदाधिकारी र अन्य सदस्यहरुलाई सम्मानजनक स्थान दिने भनेता पनि कुनै प्रतिकृया नआएकोले पार्टी भित्रै रही फरक समुह बनाई  नेकपा नेपालवादी समुहलाई समानान्तर केन्द्रीय समितिको रुपमा घोषणा गरेको जनाएका छन् ।

विज्ञप्तिमा  'एकीकृत पार्टीको  केन्द्रीय समितिको संख्या केही सय थपी हामी लगायत समुहलाई सम्मानजनक रुपमा समावेश गरे, एकतापछि अवस्थामा पाउने केन्द्रीय समिति, राष्ट्रिय परिषद्, प्रदेश र जिल्ला तहमा पाइने जिम्मेवारीबारे हाम्रो घटकसँग कुनै लिखित सहमति भएमा  हामी नेपाल कम्युनिष्ट पार्टीसँगै सहकार्य गरेर जाने र यदि हाम्रा मागहरुलाई सम्बोधन नगरेमा आगामी महाधिवेशनसम्म समानान्तर रुपमै पार्टी गतिविधि गर्ने पनि प्रष्ट पार्न चाहन्छौँ' उल्लेख छ ।

समुहले अझ वृहत ढंगवाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण गर्ने दिशामा पहल गर्न र मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, नारायमान विजुक्छे रोहित, चित्र बहादुर केसी, सिपी मैनाली, ऋषि कट्टेल लगायत अन्य समुह वा पार्टीलाई यो एकता प्रक्रियामा ल्याउन पहल गर्न एकीकृत पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।

यसअघि युवराज सफल नेतृत्वको ३३ दलीय मोर्चाले बामगठबन्धनलाई समर्थन गर्ने, नेकपा माओवादी केन्द्रको चुनाब चिन्ह गोलाकार भित्रको हँसिया हथौँडामा चुनाब लड्ने र नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच हुने भनिएको पार्टी एकीकरण अभियानमा सरिक हुने निर्णय गरेको थियो ।

समुहले वाम एकता तथा दुई कम्युनिष्ट पार्टीवीचको एकतालाई अझ सभ्य ,भव्य र सार्थक बनाउन नेकपा नेपालवादी समुह सबै पक्षसँग छलफल ,संवाद र सहकार्य गरी अगाडि बढ्न तयार रहेको र विभिन्न अन्य कम्युनिष्ट घटकसँग वार्ता थालिने पनि विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

साथै बाँकी केन्द्रीय समितिको नामावली संकलन गर्न  मोर्चामा आबद्ध घटकसँग वार्ता छलफल जारी रहेकोले केही दिनको छलफलपछि केन्द्रीय समितिलाई पुर्णता दिइने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ