छ वर्षीया बालिका बलात्कारको अभियोगमा घिमिरे पक्राउ
प्रकाशित २०७५ जेठ ६ आइतबार
650
Shares
नुवाकोट । छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोट प्रहरीले मकवानपुरगढी गाउँपालिका–५, मकवानपुरका रामबाबु घिमिरेलाई नियन्त्रणमा लिएको छ ।
अभिभावकको उजुरी, घटना प्रकृति र बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा ४४ वर्षका घिमिरेलाई जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
मकवानपुरगढीबाट यहाँको पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित कविलासमा मजदुरी गर्न आएका घिमिरेले शनिबार बालिकाको घरमा कोही नभएको समयमा जुस खान दिएर ‘अपराध’ गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।