arrow

प्रभावकारी बन्दै गुल्मी कांग्रेसको ५० दिने महाअभियान

logo
कौरव खत्री,
प्रकाशित २०७५ जेठ ६ आइतबार
gulmi-congress_(2).jpg

गुल्मी । गुल्मी कांग्रेसले थालनी गरेको गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियानको दोश्रो चरणको पाँचौ हप्ता देखि कांग्रेसले महिला संघ र महिलाका कार्यकर्ताहरु मार्फत सामाजिक विकृति विसंगति विरुद्ध जिल्ला विभिन्न स्थानहरुमा अभियान सञ्चालन गरेको छ ।

पाँचौ हप्तादेखि नेपाली कांग्रेस गुल्मीले थालनी गरेको  गाँउ जाँउ गाउमै रमाऔँ ५० दिने महाअभियानमा पार्टीका प्रतिनिधि एवं भातृ संस्था महिला संघ तथा महिला विभागको सक्रियतामा जिल्लाको सिमलटारी, शान्तीपुर, श्रृङ्गा, वामीटक्सार, तम्घास लगायतका स्थानहरुमा सामाजिक विकृति विसंगति विरुद्ध अभियान सञ्चालन भएको छ । यस क्रममा जातीय विभेद, बाल शोषण, घरेलु हिंसा बन्द गर, जाँड रक्सी नियन्त्रण, सामाजिक विभेदको अन्त्य गरौँ, दाइजो प्रथाको अन्त्य गरौँ जस्ता विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित र्‍यालीहरु र कोण सभा गर्दै जनचेतनामूलक  कार्यक्रमहरु भएका छन् I गाँउ गाँउमा राम्रो प्रभाव परेकोले यसलाई निरन्तरता दिदै जाने काँग्रेस पार्टीका महिला विभाग प्रमुख अमृता कुवँरले जानकारी दिइन ।

यस्तै महाअभिानको सन्र्दभमा  पार्टीकी जिल्ला सचिव बिष्णु कुमारी सापकोटाले भनिन, महिला हिंसाको मुख्य कारक भनेकै  जाँड रक्सी भएकोले मदिरा सेवन नियन्त्रण गर्न जिल्लाभर चेतनामुलक अभियान सञ्चालन गरिएकोले बर्षोदेखिका सामाजिक विकृति र विसंगति विरुद्ध निकै सान्दर्भिक रहेको बताइन ।

उनले भनिन, पहिलो चरणमा दलित र गरिवीको नजिक पुगेर उनीहरुका जीवन पद्धतिका बारेमा अध्ययन गर्यौं अव सामाजिक कुरिती र विभेदको अन्त्य गर्न  अभियान केन्द्रित हुने बताइन ।

साथै सचिव सापकोटाले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामकरण गरिएको कतै कामी टोल, कतै दमै र सार्की टोल त कतै धोवी र कुमाल जस्ता नामकरण गरेर उपहास गरिएको छ अव हामी ति गाउँ टोलको नामलाई सुधार गरेर सुन्दर नामकरण गर्ने समेत बताइन ।

उनले भनिन अझै पनि समुदायमा रहेका सार्वजनिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश नगराउनु ठिक नभएकोले कांग्रेसको अभियानबाटै अव ति मठ–मन्दिर भित्र दलितहरुलाई प्रवेश गराउदै सबै जातजातीहरुले सामुहिक पुजा–पाठ समेत गराउने बताइन ।

गुल्मी कांग्रेसले दोश्रो चरणको अभियानमा ९३ वटै वडाहरुमा ५० दिने महाअभियान अन्र्तगत विभिन्न कार्यक्रमहरु सहित अभियान सञ्चालन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ