arrow

काँग्रेस सुदृढीकरण गर्न  माग

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
congress-flag2.jpg

बाजुरा । स्थानीय तहको निार्वचनमा नेपाली काँग्रेसले ६ तह जितेको भएपनि प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा हार बेहार्नु परेपछि काँग्रेसमा पाटी भित्र सुदृढीकरण गर्न गाउँमा जन परिचालन अभियान सुरु गर्न थालेको छ । 

पाटीको नियमति बैठकले नौ वटै स्थानीय तहमा पार्टी र त्यसका भातृ संघ संगठनको अवस्थालाई नियाल्दै सुढृढीकरण गर्न लागेको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए ।

काँग्रेसको यस भन्दा अघिल्लो पटक बसेको नियमित बैठकले गरेको निर्णय कार्यान्वयन र गाउँमा रहेको  विभिन्न भातृ संघको सुदृढीकरण गर्नका लागि पार्टी तथा भातृसंघ सुदृढीकरण परिचालन अभियान संचालन गर्न लागेको काँग्रेस जिल्ला सचिव दिपक विक्रम शाहले जानकारी दिएका छन् । 

शाहले दिएको जानकारी अनुसार बैठकमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा बैठकमा नेताहरु जोडदार माग गरेको बताए ।

बैठकको निर्णयलाई कार्यान्वयन गरेर काँग्रेस भित्रका भातृ संघ र नेपाली काँग्रेस सुदृढीकरण गर्नुपर्नेमा जिल्ला कार्य समितिका सदस्य  र वरिष्ठ नेताहरुले सुझाव दिएको शाहले बताए ।

पार्टी सुदृढीकरण र परिचालनमा भातृसंघहरुलाई आगामी दिनमा नेपाली काँग्रेस सशक्त बनाउन निर्देश दिने निर्णय गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ । पार्टीमा देखिएको गुट र उपगुटलाई अन्त्य गर्नका लागि पार्टीले संगठन सुदृढीकरण गर्दै लैजाने तयारीमा रहेको शाहको भनाई छ । 

भातृ संघको सृदृढीकरण तथा परिचालनका लागि नौ वटै स्थानीय तहमा संयोजक तोकिएको पार्टी सचिव रनसिं अयडीले बताए ।

उनले पार्टी तथा भातृ सुढृढीकरण परिचालन अभियानका लागि बुढीनन्दा नगरपालिकामा पुर्व सभासद महा नेपाली ,गौमुल गाउँपालिका महाधिवेशन प्रतिनिधी चक्र बहादुर शाह,खप्तड छेडेदह गाउँपालिकामा,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी एवं महासमिति सदस्य जुना दानी,बुढीगंगा नगरपालिकामा पार्टी सचिव रनसिंह अयडीलाई खटाइएको छ ।

यसैगरी त्रिवेणी नगरपालिकामा पुर्व पार्टी सचिव तथा जिल्ला कार्यसमिति सदस्य धनराज पण्डित बडीमालिका नगरपालिकामा सल्लाहकार सदस्य देवबहादुर रोकाया हिमाली मोहनसिंह कार्की, स्वामीकार्तिक गाउँपालिकामा नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय र जगन्नाथ गाउँपालिकामा जिल्ला कार्य समिति सदस्य भरत रोकायालाई खटाइएको  छ । 

पार्टी तथा भातृ संघ सुदृढीकरणका कार्यक्रमका लागि तत्काल नौ वटै स्थानीय तहमा जाने  र बैठकमा प्रतिवेदन आएपछि सोही अनुसार संगठन सुदृढीकरण तथा परिचालन गर्ने सचिव शाहको भनाइ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ