arrow

रुस विश्वकपका चार खेल खेलिने मोर्डोभिया एरेनाको यस्तो छ जान्नैपर्ने विशेषता

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
mordovia-arena-russia.jpg

काठमाडौं । रुसमा सन् २०१८ विश्वकप सुरु हुने तयारी भइरहेको छ । यो खेलका लागि विश्वभरका मानिसहरुले टिकट काट्न पनि सुरु गरिसकेका छन् । यस्तो अवस्थामा रसियाको सबैभन्दा सानो सहरको मोर्डोभा एरेनाको यस्तो विशेषताहरु रहेका छन् ।

मोर्डोना एरेनामा यसपटकको विश्वकपमा समुहचरणको चार खेलहरु खेलाइने छ । जसमध्ये पहिलो खेल जुन १६ मा पेरु र डेनमार्कको बीचमा हुनेछ । 

मोर्डोभिया एरेनाको सिट क्षमता ४४ हजारसम्म पुग्नेसक्ने बताइएको छ । यो स्टेडियम इन्सार नदीको छेउमा रहेको छ । यो स्टेडियम नजिकै प्रशस्तमात्रामा होटल, विश्रामस्थल तथा फिफाको अन्य सहयोगी कार्यालयहरु पनि रहेका छन् । जसले यो खेल हेर्न जाने दर्शकहरुका लागि कुनै समस्या नहुने व्यवस्था मिलाइएको छ । 

मोर्डिभिया एरेना स्टेडियम सुन्तला, रातो र सेतो रङको सम्मिश्रणबाट बनाइएको छ । जसको कारण यहाँ रुसको परम्परागत कला संस्कृति झल्किने गरी सजाइएको छ । जुन संस्कृतिहरु स्थानीय मोर्डिभिन नागरिकहरुको महत्वपूर्ण संस्कृति हो । 

यो स्टेडियम भर्खरै निर्माण गरिएको हो । गएको अप्रिल महिनामा मात्र यो मैदानमा पहिलोपटक खेल खेलाइएको थियो । जसको कारण पनि सुरुसुरुमा यो मैदानको विषयमा केही आशंकाहरु पनि देखिएका छन् । स्थानीय स्तरको फुटबलहरु खेलाइएको यो स्टेडियममा पहिलोपटक विश्वकपजस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गर्ने भएको हो । 

विश्वकप सकिएपछि भने एफसी मोर्डोभिया पूर्णरुपमा एक स्टेडियमको रुपमा रहनेछ । त्यसपछि यो मैदान फुटबल, सहर र सरकारका निकायहरुभन्दा भिन्न भई सबैभन्दा ठुलो स्पोर्टस् र मनोरञ्जन क्षेत्रको रुपमा रहनेछ । स्थानीय केही क्लबहरु तथा शैक्षिक संस्थाहरुले यहाँ विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न सक्छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ