arrow

ओलीलाई भेटेर प्रचण्ड किन गए रामेश्वर थापाको घरमा ?

थापा र प्रचण्डको ब्रेकफास्ट मिटिङ

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
prachanda-rameshwor-thapa.jpg

काठमाडौं । सोमवार विहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को गाडी बुढानिलकण्ठ तर्फ हुँइकियो । धेरैले अनुमान गरे प्रचण्ड कुनै कार्यकर्ताको घर गएका होलान् । जव उनको गाडी चपलीबाट मोडियो अनिमात्र थाहा पाए प्रचण्ड मिडिया तथा हवाइ उद्यमी क्याप्टेन रामेश्वर थापाको घर गएका रहेछन् । 

किन गए त प्रचण्ड विहानै व्यवसायी थापाको चपली स्थित घरमा । अन्नपुर्ण पोष्टका अध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी ओलीका निकटस्थ व्यवसायी भनेर चिनिए पनि प्रचण्डसँग समेत उत्तिकै सुमधुर सम्वन्ध रहेको स्रोतले बताएको छ ।

दुई बाम एकीकरण भएको व्यवसायीहरुको घरमा लञ्च र डिनर  गर्ने गरेको भन्दै प्रचण्ड र ओलीको कार्यकर्ता र सञ्चार क्षेत्रमा चर्को आलोचना भइरहेका बेला प्रचण्ड फेरी अर्का व्यवसायी थापाको घरमा एक बिहानै पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । 

प्रचण्ड ओलीलाई बालुवारमा सोमबार बिहान भेटेर सीधै थापाको घरमा हानिएका थिए । उनीहरुबीच ब्रेकफास्ट मिटिङ भएको निकट स्रोतले बताएको छ ।  प्रचण्ड र ओली दुवैले राजनीतिक संकट परेको बेलामा थापालाई मध्यस्थतामा राखेर काम गर्दै आएका छन् । राजनीतिक दलहरुवीच विगतमा भएका सहमति र त्यसको कार्यान्वयनमा समेत थापाले ओली र प्रचण्डवीच मध्यस्तताको काम गर्ने गरेको जानकारहरु बताउँछन् । 

बाम एकताका बेला प्रचण्ड र ओलीवीच आएको तिक्तता मत्थर पार्न समेत प्रचण्ड र ओली दुवैले थापालाई नै रोजे । सरकार गठन हुनुअघि थापा साँझ र बिहाननै कहिले बालकोट त कहिले खुमलटार जान्थे । ओली र प्रचण्डले थापालाई तुरुन्तै समय दिन्थे र सहजिकरणका लागि आग्रह गर्थे । 

प्रचण्ड निवासमा पुग्ने केही नेताहरु थापा र प्रचण्डको घण्टौंको एकान्त बसाइ प्रति असन्तुष्टी जनाउँथे तर पनि बारम्बार प्रचण्ड र थापावीच गोप्य भेटघाट हुने गरेको सुत्रहरुले बताएका छन । कम्युनिष्ट पार्टीका एक नेताले भने, प्रचण्ड थापाका व्यापारिक साझेदार हुन् की भन्नेमा हामीलाई शंका लागको छ । 

तर अर्का एक नेताले भने राजनीतिक संकटका बेला प्रचण्ड र ओलीले विश्वास गरेर थाालाइ सहजीकरणका लागि आग्रह गर्ने गरे वमोजिमनै थापाले काम गर्ने गरेको बताउँछन । ती नेताले भने १६ वुँदे सहमति जुटाउन देखी सरकार गठन र भर्खरै भएको बाम एकतामा समेत थापाको महत्वपुर्ण भुमिका रहेकाले वताए ।

उनले भने, ‘थापाको प्रचण्ड र ओलीसँगको भेटलाई लिएर विवाद गर्नु जरुरी छैन । जसको विश्वास छ उसैसँग भेटघाट हुने त हो नि !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ