arrow

राप्रपाको केन्द्रीय परिषद बैठक वीरगञ्जमा सुरु, गर्मीमा के पाक्ला त ? 

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
RPP-N111.jpg

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय परिषद बैठक सोमबारबाट वीरगञ्जमा सुरु हुँदैछ । वीरगञ्जको गर्मीमा ती दिनसम्म चल्ने बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलीले जानकारी दिए । 

पराजुलीका अनुसार बैठकमा विभिन्न ५ प्रतिबेदनहरु पेश हुनेछन् । पार्टी अध्यक्ष कमल थापाले राजनितीक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन, प्रबक्ता भुबन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना, केन्द्रिय सदस्य डा बिष्णु भन्डारीले निर्वाचन समिक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खनियाँले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

देशभरबाट प्रतिनिधिहरु वीरगञ्ज पुगिसकेका छन् । करिब ६ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिए ।

यो परिषद बैठकले अध्यक्षको अधिकार कटौती गर्ने स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ