arrow

सयौँ किसानले गरे व्यावसायिक रुपमा अवैध अफीम खेती

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
opium.jpeg

जाजरकोट । नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफीम खेती मौलाएको छ।  कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफीम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफीम खेती गर्ने गरेका छन् ।

चार-पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफीम खेतीमा जोड दिएका छन्। सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफीम खेती गरिएको छ ।

किसानले नलगाड नगरपालिका–२ को नहकुली, द्वावारे, ८ को मंसिरी, ९ को बाँसकोट, ताँत्र, घरङ्गा, १० को रावत गाउँ तथा १३ को सिउन, रूप, खाती गुर्ता, फुम्दालगायत क्षेत्रमा व्यावसायिक रुपमा अफीम खेती गरेका छन् । नलगाडका सयौँ किसानले अफीम खेती गरेका छन् ।

गत वर्ष प्रहरीले नलगाड नगरपालिकाको ६० रोपनी पाखोबारीमा लगाएको अवैध अफीम खेती नष्ट गरेको थियो। लागुऔषध कारोवारीले एक किलो अफिमको बारीमै आएर  पाँच लाख मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलुलगायत खेतीको तुलनामा अफीमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो। एक रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने गरेको छ । स्थानीयवासीका अनुसार सोही पाखोमा अन्य खेतीबाट  पाँच हजार पनि आम्दानी हुँदैन। दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्न थालिएको छ । असोजमा अफिमको खेती लगाउने, वैशाख र जेठमा निकाल्ने गरिन्छ । स्थानीयवासीले अफिमबाट प्रत्येक याममा एक लाखदेखि १० लाखसम्म आम्दानी गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ