arrow

भ्रष्टाचार बढाउन सांसदको तजबिजमा विकास बजेट : विवेकशील साझा

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
bibekshil_sajha.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले आगामी बजेटमा निर्वाचन क्षेत्र विकास कोष र सांसद विकास कोष आफ्नै तजबीजमा खर्च गर्ने गरी रकम छुट्याउनको लागि भएको प्रस्तावमा आपत्ति प्रकट गरेको छ । विवेकशील साझा पार्टीले अहिले जनप्रतिनिधिहरु निर्वाचित भएर आफ्नो काम गरिरहेको अवस्थामा संघीय र प्रादेशिक सांसदहरुले कार्यकारिणीको अधिकारमा पस्न खोजेको भन्दै यो शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत रहेको बताएको छ ।

विवेकशील साझाले यस्तो कार्यले कानून निर्माण गर्नुपर्ने सांसदहरुको प्राथमिक भूमिकालाई न्यून तुल्याउनुको साथै स्थानीय तहको अधिकारक्षेत्रमा पनि हस्तक्षेप हुन जाने बताएको छ । सांसदहरुले राजनीतिक आस्थाका आधारमा टुक्रे योजनाहरुमा ‘कनिका छर्ने’ परिपाटी मौलाउने विज्ञप्तिमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा समेत यी कोषहरूमा व्यापक बेरुजु र अनियमितता देखिएकोले पनि यसमा ध्यान दिनुपर्ने विवेकशीलले बताएको छ ।

विज्ञप्तिमा यी कोषहरूमार्फत सांसदहरुलाई रकम वितरण नगर्न माग गरिएको छ । विवेकशीलसाझाको उक्त विज्ञप्तिमा आफ्नो माग  सुनुवाई नभए संसद भित्र र बाहिरबाट हाम्रा विरोधका कार्यक्रमहरु जारी रहने चेतावनी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ