arrow

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा पौडेल

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ ७ सोमबार
poudel_(2).jpg

बागलुङ ।  नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा विष्णु प्रसाद पौडेल निर्वाचित भएका छन ।  सोमबार सम्पन्न भएको सातौं अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन । समितिको उपाध्यक्ष खुल्लामा चन्द्र्र प्रसाद रेग्मी, महिलामा कान्तादेवी शर्मा, सरकारीमा लक्ष्मी प्रसाद निउरे, निजीमा खगेश्वर पौडेल, महिला स्वास्थ्य स्वयं सेविकामा लक्ष्मी जिसी, र समावेशीमा रामदेव कापरलाई चयन गरिएको छ । त्यस्तै सचिवमा शिव केसी युवा सचिवमा शुशिल पौडेल, सहसचिवमा चन्दन शाह, रमाकान्त सापकोटा,गिता शर्मा रहेका छन भने कोषाध्यक्षमा विपेन्द्र केसीलाई चयन गरिएको छ । समितिको सदस्यमा भुमिश्वर शर्मा, दुर्गा प्रसाद शर्मा, गोविन्द्र प्रसाद शर्मा, हरि पौडेल, सितास्मा रोका, राजेन्द्र थापा, प्रकाश विक र सविना बस्याल रहेका छन ।

 अधिवेशनले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । जसमा देवप्रकाश घिमिरे, शिशिर पन्त, गणेश पौडेल, तारादेवी शर्मा र लक्ष्मी गौतम रहेका छन । त्यस्तै समितिको सल्लाहाकारमा शिव बहादुर केसी भुमिराज शर्मा, बृहस्पती कंडेल नरबहादुर थापा र झलकराज आचार्यलाई चयन गरिएको निर्वाचन अधिकृत हरि गौतमले जानकारी दिए ।

अधिवेशनको उदघाट्न गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले स्वस्थ्य समाज निर्माणको लागि स्वास्थ्यकर्मीहरुको समाजमा खेलको भुमिका निकै सरानिय रहेको बताएका छन । थापाले स्वास्थ्यकर्मी संघ काँग्रेसको शुभेच्छुुक संस्था भएका कारण आफ्ना सुभेच्छुकहरु प्रति आफुहरु सधैं जवाफ देही बन्ने बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ