arrow

भारतसँग सीमाना जोडिएका १६ वटा पिलर गायब

तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने आवश्यकता देखियो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ ७ सोमबार
jange-piller.JPG

पाँचथर ।  नेपाल भारतसँगको सीमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ। सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए। चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेन। १२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने नभेटिएको र भेटिएका सबै ८७ पिलर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए । उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोली गएर स्थलगत अवलोकन गर्दा पिलरको अवस्था यस्तो रहेको पाइएको हो ।

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन्। तीमध्ये दुई पिलर जीर्ण छन् एउटा जंगे पिलर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र सर्भे गरि फर्किएका प्रहरी हवलदार काजीमान लिम्बूले बताए  । उनका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिलर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ।’ पाँचथरमा पर्ने सीमास्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले सर्भे गरेका थिए ।

 सर्भेका क्रममा  पिल्लर नं. ३५-१, ३७, ३८, ४३ र ४३-३ गरी जम्मा ५ वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिन अवस्थामा रहेको,पिल्लर नं. ३६ र ४३-१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हवलदार लिम्बूले बताउनुभयो । पिल्लर ४१ र ४२-१ नम्बर नबुझीने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं. ४१-१, ४३-२, ४४-१, ४४-२, सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

पिल्लर नं. ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं. ४४ हुनुपर्नेमा ४२-२ उल्लेख भएको, ४२-२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३-३ र ४४ र १ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने रहेको पाइएको छ । बाँकी पिल्लर नं. ३५, ३६-१, ४१-२, ४१-३, ४२, ४४-३, ४५, ४५-१, ४५-२ सही (राम्रो) अवस्थामा रहेको पाइएको छ  । निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस हरु सजिलै पुग्ने स्थानमा रहेका सिमा स्तम्भहरु जिर्ण हुनु तथा हराउनुमा स्थानिय गोठाला एवं तिम्बु पोखरी जाने उछृंखल प्रबृतिका पर्यटकहरुले त्यसलाई उछृंखल रुपमा हल्लाउनु, भत्काउनु, खुल्ला तथा चौरहरुमा रहेका पिल्लरहरुमा त्यहाँ पालिएका चौंरी, याक तथा भेडाहरुले आफ्नो शरीर कन्याउनु जस्ता कारणहरुले पनि पिलहरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रहरीको टोलीले सीमास्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थालगायत अध्ययन गरको हो। अध्ययनले तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखिएको छ। तीन प्रकारका पिलरमध्ये जंगे र मझौलाभन्दा साना पिलरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ।

प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो। पहिलो चरणमा पाँचथरको याङवरक गाउँपालिकास्थित मेजरडाँडादेखि ताप्लेजुङसँग सीमा जोडिएको तिम्बुपोखरीसम्म अध्ययन गरेको थियो। पहिलो चरणमा फागुन ४ देखि गतेदेखि १४ फागुनसम्म र दोस्रो चरणमा फागुन १७ गतेदेखि वैशाख २१ गते सम्म सीमाक्षेत्रको अध्ययन गरेको प्रहरी हवलदार लिम्बूको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ