arrow

संसदीय दलको नेतृत्व कमजोर भएको कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार

रुपन्देही । नेपाली कांग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ ।

प्रेस युनियन रुपन्देहीले बुटवलमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले संसदीय दलका नेताका विषयमा केन्द्रीय नेतृत्वलाई सचेत गराउने निर्णय भएको बताउए । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टी सभापतिको बैठकले संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको बताए ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशसभामा विधेयकका विषयमा कांग्रेसको अवस्था स्पष्ट नहुँदा अन्योल थपिएको बताए । प्रदेश नं ५ का १२ जिल्लाका सभापतिको बैठकले पार्टीको संघीय संरचना निर्माण तत्काल गर्न केन्द्रलाई अनुरोध गर्ने, संगठनलाई थप अनुशासित र मर्यादित बनाइने, पार्टीको राष्ट्रिय भेलामा विधान संशोधन र पार्टी संगठनका सन्दर्भमा उठाइने विषयमा सुझाव सङ्कलन गर्न तीन सदस्यीय समिति बनाइने लगायत निर्णय भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ