arrow

सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
sagarmatha.jpeg

सल्लेरी, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ ।  सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा सोमवार बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए । उनीसहित आरोहणका लागि पाँच जनासँगै सगरमाथा आधार शिविर आएका थिए ।

यसैबीच सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १:४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौध जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए । उनको शब आजै हेलिकम्पटरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडाँै लगिएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ