arrow

ओलीलाई विश्वप्रकाशको प्रश्न : मोदीको पछाडि भारतीय सेना आउँदा कहाँ गएको थियो राष्ट्रवाद ?

'कांग्रेस सरकारमा हुँदा सार्कमा पनि नेपाली सेनाले सुरक्षा दिएको कुरा लुकाउन मिल्दैन'

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ ७ सोमबार
bisho_parkash_shrma.jpg

बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले राष्ट्रबाद परिणाममुखी हुनुपर्ने बताएका छन् । नेपाल तरुण दलको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  सिमित अबधीका लागी चिल्ला भाषणमा मात्र सिमित नभएर राष्ट्रबाद पनि परिणाममुखी हुनु पर्ने बताए ।
 
नेपालको राष्ट्रियता र लोकतन्त्रका लागी नेपाली कांग्रेसले खेलेको भुमिका र बनाएको ईतिहासले राष्ट्रियतालाई पुष्टि गरेको बताउदै लोकतन्त्र र राष्ट्रियताका बिषयमा नेपाली कांग्रेसले कसैसंग सम्झौता नगरेको बताए । बर्तमान प्रधानमन्त्रि केपी शर्मा ओलीलाई लक्षित गरि ओलीको राष्ट्रबाद भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणसंगै उदांगो भएको बताए । तत्कालिन प्रधानमन्त्रि सुशिल कोईरालालाई भारतले दवाव दिदै संबिधान घोषणाको रोक्नु होस भन्दा  कोईरालाले भारतको दवावका बारेमा वास्ता नगरिकन संबिधान घोषणा गरेको स्मरण गराउदै नेपाली कांग्रेसको नेतृत्वको सरकारले देशलाई संबिधान दिएको शर्माले उल्लेख गरे।

भारतले लगाएको नाकाबन्दीका बेला कांग्रेसले नाकाबन्दीका बारेमा ठूलो स्वरले नबोलेको र मित्रवत हिसावले सलुसन निकालेको उल्लेख गर्दै नाकाबन्दीको बारेमा नबोल्नु कांग्रेसले भूल गरेको स्विकार गर्दै कांग्रेसले बिगतका कमिकमजोरीहरु सच्याएर नयाँ शिराबाट अगाडी बढेको बताए । उनले तत्कालिन प्रधानमन्त्रि सुशिल कोईरालाका राष्ट्रबादी अडानका कारण जनताले संबिधान पाएको बताउदै, ओलीको नाकाबन्दी पछिको राष्ट्रबादी अडानका कारण जनताको भोट पाएको बताए ।

नाकाबन्दीकोपछि चर्चा कमाएका ओलीको राष्ट्रबाद भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भएको भ्रमणले राष्ट्रियता र राष्ट्रबादको उदांगो रुप प्रस्तुत भएको बताए । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेसभुषमा सजिनु, एसीयामा नै नाम चलाउन सफल नेपाली सेना र नेपाल प्रहरी हुँदा हुदै भारतीय सेना नेपाल प्रबेश गर्न दिनु र आन्तरीक विमानस्थलमा किन अवतरण नगराएको भन्दै प्रश्न समेत गर्दै  हेलिकोप्टर बाटै सोझै अर्कै ठाँउमा अवतरण गराउनु नै केपी ओलीको राष्ट्रबाद डेढ फुटे सर्प जस्तो भएको प्रष्टै देखीएको भन्दै आलोचना समेत गरे।

आफ्नो पार्टी सरकारमा हुँदा सार्क सम्मेलन गर्दा समेत नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा गर्न सक्ने तर एक्लै भारतीय प्रधानमन्त्रि मोदी नेपाल  आँउदा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा गर्न नसक्ने हुन्छ भन्दै प्रधानमन्त्रि ओलीलाई समेत प्रश्न गरे ।

आएका अतिथीलाई एक पटक स्वागत गर्नु स्वाभाबिक भएको बताउदै दिन दिनै स्वागत गरि ओलीले चाकडी गरेर पाएको राष्ट्रबादीको उपमा समेत एकै पटक खस्केको आरोप समेत लगाए ।

नेपाली कांग्रेसले हार बेहोर्नुमा आत्ती हाल्न नपर्ने शर्माको तर्क छ । नेपाली काँग्रेसको पराजय हुनमा बाँम गठबन्धन त एउटा कारण हो तर त्यो भन्दा पनि फलामले फलामलाई काट्छ भने जस्तो भएका कारण नेपाली कांग्रेसले पराजय भोग्नु परेको शर्माले बताए। एउटै फलामको बन्चारोले रुखलाई काट्न सक्दैन शर्माले भने बन्चरोको विड रुखको छ जसका कारणले नेपाली कांग्रेसको पराजय भएको हो । यसको अन्त्य गर्ने अभियानमा  आफु लागी परेको बताए।  

साथै प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले नेपाली कांग्रेसले गरेका काम र गतिविधीहरुलाई जनता समक्ष बुझाउन नसक्नु र गरेका गतिविधीहरु प्रष्ट पार्न नसक्नु पनी प्रमुख कारण भएको तर्क गरे। साथै उनले सरकारमा रहेका दलहरुलाई यो समय सधै यस्तै नहुने समेत बताए । यो समय सधै यस्तै रहदैन भन्ने शब्दले खुःसी भएकाहरुलाई दुःखी बनाउन सक्ने र दुःखी भएकाहरुलाई खुःसी बनाउन सक्ने शब्द भएको भन्दै अहिले भएको यो समय सधै यस्तै नरहने समेत बताए ।

नेपाल तरुणदलका जिल्ला अध्यक्ष विष्णु ऐडीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमा जिल्ला भरीका विभिन्न भातृ संग संगठनका साथै नेपाली कांग्रेस प्रति आस्थावान ३०० भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ