arrow

यस्तो छ बेल्जियमको प्रारम्भिक विश्वकप टोली 

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
lukaku-hazard.jpg

काठमाडौं । बेल्जियमले रुस विश्वकप फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । फिफा विश्व वरियताको तेस्रो स्थानमा रहेको बेल्जियमले सोमबार २८ सदस्यीय टोलीको घोषणा गरेको हो । 

टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने १५ खेलाडी रहेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले धेरैजसो अनुभवी तथा नियमित खेलाडीहरुलाई समावेश गरेका छन् । 

तर एएस रोमाका राड्जा नाइनगोलान टोलीमा पर्न सकेनन् । मार्टिनेजसंग उनको सम्बन्ध त्यति राम्रो नभएको बताइन्छ । कप्तान तथा चेल्सीका एडेन हाजार्ड सम्मिलित टोलीमा को को परे त ? क्रिष्टियन बेन्टेके र नासिर चाड्ली जस्ता फर्ममा नभएका खेलाडीसमेत अन्तिम २८ मा समेटिएका छन् । 

यस्तो छ प्रारम्भिक टोली

गोलकिपर– थिबो कोर्टुवा, साइमोन मिन्योलेट, म्याट्स सेल्स, कोएन क्यासटिल्स

डिफेन्डर– टोबी एल्डरवेरेल्ड, डेड्रिक बोयाटा, लियान्डर डेन्डोन्केर, लरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कम्पनी, जोर्डर लुकाकु, थोमस मुनियर, थोमस भर्मेलिन, जान भर्टोन्घेन

मिडफिल्डर– यानिक कारासो, केभिन डे ब्रुयन, नासिर चाड्ली, मुसा डेम्बेले, मरोएने फेलाइनी, एडेन हाजार्ड, थोर्गर हाजार्ड, आड्नान जानुजाई, ड्राइस मर्टेन्स, युरी टेलेम्यान्स, एक्सेल विट्सेल

फरवार्ड– मिची ब्याटसुवायी, क्रिस्टियन बेन्टेके, रोमेलु लुकाकु

Despite a poor season with Crystal Palace, Christian Benteke has made the provisional squad

Radja Nainggolan will not be going to the World Cup after Roberto Martinez left him out

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ