arrow

विराटनगर क्याम्प अफिस बन्द गर्ने मोदीको निर्णय

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
oli-modi_new.jpg

काठमाडौं। भारत सरकारले विराटनगरमा खडा गरेको क्याम्प अफिस बन्द हुने भएको छ। भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिने भएको हो। सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै बन्द गर्न लागिएको हो। 

कोशी नदीले निम्त्याएको बाढी नियन्त्रण एवं त्यसले उत्पन्न परिस्थिति सहज बनाउन भारतीय दूतावासले उक्त क्याम्प अफिस खडा गरेको थियो। यो निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाएका थिए। त्यतिबेलै ओलीले मोदीलाई धन्यवादसमेत दिएका थिए । ओलीले भने यो कुरालाई सार्वजनिक गरेका थिएनन्। 

किन त्यतिबेला ढाँटे ओलीले ? 
ओलीले तत्काल भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भनेको कुरा सार्वजनिक गरेनन्। उनलाई खोक्रो राष्ट्रवादी नेता भएको आरोप लागेको थियो। अरुले भारतसंग नतमस्तक भएको आरोप लगाउँदै ओलीको खिल्ली उडाएकाले उनले मोदीको यो निर्णय आफ्नो दवावले आएको देरवाउन चाहन्थे। तर क्याम्प अधिकारीले दिएको यो जानकारीले ओलीको फेरि ढाँटेको स्पष्ट देखिएको छ। 

मोदीले त्यतिबेला पनि विभिन्न दलहरुसंगको कुराकानीमा आपसी समझदारीमा धेरै कुरा हुने बताएका थिए। यसअघिका सरकारले समेत भारत सरकारलाई क्याम्प अफिस हटाउन भन्दै आएका थिए। नेपालका राजनीतिक दलहरुले समेत ध्यानाकर्षण गराउँदै आएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ