३३ किलो सुन काण्डका नाइके ‘गोरे’ पक्राउ, सार्वजनिक गरिँदै
प्रकाशित २०७५ जेठ ८ मंगलबार
346
Shares
काठमाडौं । ३३ किलो सुनकाण्डका नाइके ‘गोरे’ अर्थात् चूडामणि उप्रेती पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि हुँदै आएको सुनतस्करीका नाइके मानिने ‘गोरे’ पक्राउ परेका हुन् ।
गृह मन्त्रालयको विशेष छानबिन समितिले गोरे पक्राउ परेको जनाएको हो । गोरेलाई गृहमन्त्रालयले दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाइएको छ ।
गोरेले विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर सुन तस्करी गर्दै आएका थिए।